nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १, २०८३, ६:१८ मध्यान्ह
यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

जनकपुरधाम/मंसिर १ गते । महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा, दुर्व्यवहार र शोषण न्यूनीकरण गर्दै सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले जनकपुरधाममा सचेतनामूलक र्‍याली आयोजना गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत र्‍याली आयोजना गरेको हो ।

‘यौनजन्य हिंसाको अन्त्य गरौँ, सुरक्षित समाजको निर्माण गरौँ’ भन्ने मूल नाराका साथ निकालिएको र्‍यालीमा करिब १५० जनाको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट बिहान ७ बजे सुरु भएको र्‍याली कदमचोक हुँदै रेल्वे स्टेसनसम्म पुगेर समापन भएको थियो ।

र्‍यालीमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, सशस्त्र प्रहरी बलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब उपरीक्षक खनालले यौनजन्य हिंसा कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएको बताए ।

उनले यस्ता घटनाको अन्त्यका लागि कानुनी कारबाहीसँगै सामाजिक चेतना, पारिवारिक संस्कार, लैङ्गिक समानता र सामुदायिक सहकार्य आवश्यक रहेको उल्लेख गरे । महिला तथा बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र यौन शोषण न्यूनीकरण गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

खनालले यौनजन्य हिंसाका घटना लुकाउने तथा पीडितलाई नै दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै पीडितलाई निर्धक्क भएर प्रहरी तथा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरे । यस्ता घटनाको रोकथाम, पीडितको संरक्षण र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।

विद्यालय तहदेखि नै यौनजन्य हिंसा, दुर्व्यवहार, व्यक्तिगत सुरक्षा तथा कानुनी अधिकारसम्बन्धी सचेतना फैलाउन सके सुरक्षित र मर्यादित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको धारणा थियो ।

समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै अपराध नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरण गर्ने उद्देश्यले आयोजित र्‍यालीले यौनजन्य हिंसाविरुद्ध सामूहिक आवाज उठाउन र नागरिकस्तरमा जनचेतना अभिवृद्धि गर्न सकारात्मक सन्देश प्रवाह गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Tags: Sajilo Post MediaSajiloPost.comअन्तराष्ट्रियजनकपुरधामधनुषा खबरसमाचार

Discussion about this post

Related Posts

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि