काठमाडौं/मंसिर १ गते। सरकारले बर्दियाको बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का तोडेको छ । पुल निर्माणमा अन्योलता देखिएको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले पुलको ठेक्का तोडेको हो ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले धेरै वर्षदेखि अलपत्र नेपाल–भारत सीमा मूर्तियादेखि बर्दियाको गुलरिया हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने बबई नदीको जब्दीघाटमा पुल निर्माणमा देखिएको अन्योलता अन्त्य गरिएको बताएका छन् ।
२०६८ सालमा ठेक्का सम्झौता भई निर्माण सुरु भएको यो आयोजना हस्तान्तरण नहुँदै २०७४ सालमा पुल भासिएको थियो। रुग्ण बनेको आयोजनाको ठेक्का २०७९ सालमा रद्द गरिएपछि पनि विविध कारणले निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। स्रोत सुनिश्चितता तथा प्राविधिक समस्याका कारण यो आयोजना लामो समयदेखि अलपत्र अवस्थामा रह्यो।
यस बीचमा तत्कालीन सांसद नै अनशन बस्नुपरेको भन्दै उनले अलपत्र पुलको पुन: ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाएको जानकारी गराएका छन् ।
करिब ६८ करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण हुने पुलको ९ महिनाभित्र डिजाइन स्वीकृत गरी ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

















Discussion about this post