गिरिजानन्द साह/जनकपुरधाम/धनुषा ९ गते। नेकपा एमाले धनुषाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
नव-निर्वाचित जिल्ला अध्यक्षमा भोला यादव चयन हुनु भएको छ भने उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दिप नारायण ठाकुर, उपसचिवमा सबिन बिक्रम थापा र रुका मिश्र चयन भएका छन्। लेखासमितीको अध्यक्षमा बिरेन्द्र लाल कर्ण चयन हुनुभएको छ। साथै अधिवेशनबाट चयन भएका सम्पूर्ण सदस्यहरुले पनि सपथ ग्रहण गर्नुका साथै प्रमाणपत्र प्राप्त गरेका छन्।
सपथ ग्रहण तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम जनकपुरधामस्थित निधि भवनमा आयोजित विशेष समारोहका बीच सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका केन्द्रिय प्रतिनिधिहरू, स्थानीय नेतागण तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पार्टी जिल्ला इन्चार्ज क. जुलि महतोले नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिँदै भने, “यो नेतृत्वले धनुषा जिल्लाको समृद्धि र स्थायित्वमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिएको छु।”
नव-निर्वाचित अध्यक्ष भोला यादवले जिम्मेवारी पाउँदा आफू गौरवान्वित भएको बताउँदै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।














Discussion about this post