nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समाज विकासका लागि नागरिक सतर्कता आवश्यक छ : मुख्यमन्त्री सिँह

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन ४, २०८१, ७:१४ मध्यान्ह
समाज विकासका लागि नागरिक सतर्कता आवश्यक छ : मुख्यमन्त्री सिँह

जकपुरधाम/फागुन ४ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले समाजमा विद्यमान बेथिति, विसङ्गति र विकृत निर्मूल गर्न नागरिकले आफ्नो कर्तव्य निर्वहन गर्नुपर्ने बताएका छन् । उनले नागरिक दायित्व निर्वाह भएपछि मात्र राजनीतिक नेतृत्व र कर्मचारी नियन्त्रित तथा कर्मठ हुने प्रस्ट्याए । नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधाममा आइतबार आयोजना भएको बहस कार्यक्रमको आरम्भमा बोल्दै मुख्यमन्त्री सिँहले नागरिकको सजगता, सतर्कता र संवेदनशीलता अभावमा शिक्षा, स्वास्थ्यजस्ता क्षेत्र अस्तव्यस्त बनेको बताए । उनले अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका अस्पताल, विद्यालय लगायतका संस्थाका विषयमा सेवाग्राही नागरिकले ती ठाउँ नियम तथा मापदण्डअनुसारका सेवासुविधा प्रवाह गरे वा नगरेका विषयमा जानकारी लिन थालेपछि सुधार सम्भव हुने उल्लेख गरे ।

उनले आफूले अनुगमन गरेका अस्पतालमा पूर्वाधार नपुगेका, अत्यावश्यक जनशक्ति तथा उपकरण नरहेका र फोहोरमैला राम्ररी व्यवस्थापन नभएका देखिएको भए पनि तिनमा बिरामीको अत्यधिक चाप रहेको तर सेवासुविधाको गुणस्तर कायम हुनेगरी मापदण्ड पुर्याएका अस्पतालमा बिरामी धेरै थोरै भर्ना हुनेगरेको दुर्भाग्यपूर्ण अवस्था रहेको बताए । उनले कमिसनका लागि त्यस्ता अस्पतालमा बिरामी पुर्याइँदा सो अवस्था आएको भन्दै विगतमा कमिसन एजेन्ट बनेका एम्बुलेन्स ड्राइभरहरूले समेत अस्पताल सञ्चालन गरिरहेको बताए । मुख्यमन्त्री सिँहले अस्पताल जाँदा त्यसको वैधताबारे जिज्ञासा राख्नुपर्ने तथा सेवासुविधाबारे नागरिकले सोधपुछ गर्नुपर्ने बताए । उनले गुणस्तरीय सेवा र सुविधाको आशामा वैधता नरहेका अस्पतालमा जाँदा त्यसअनुसारको उपचार नपाउने गरेको भन्दै त्यसभन्दा उत्तम सरकारी अस्पतालमै उपचार गराउनु रहेको बताए ।

उनले सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको काम अपेक्षित तथा प्रभावकारी नभएको, शिक्षकले पठनपाठनमा ध्यान नदिएको, विद्यार्थीहरू शिक्षकको नियन्त्रणमा नरहेको, शिक्षक र विद्यार्थीको अनुपात नमिलेको समस्या रहेको भन्दै निजी विद्यालयको गुणस्तर राम्रो नभएको औंल्याए । उनले भने, ‘विद्यार्थीले प्राप्त गर्ने परिणाम सन्तोषजनक छैन । त्यसैले निजी विद्यालयको गुणस्तर राम्रो भएको मान्न सकिँदैन ।’ मुख्यमन्त्री सिँहले निजी विद्यालयमा योग्य मापदण्डअनुसार शिक्षक नरहेका र एउटै शिक्षकले धेरै विद्यालयमा पढाउनुपर्ने भएकाले चालिस मिनेटको घन्टी ३० मिनेटमा झारिएको जस्ता समस्या रहेको बताए ।

मुख्यमन्त्री सिँहले देश, प्रदेश र पालिका बनाउने जिम्मेवारी राजनीतिकर्मी र कर्मचारीको मात्र नभएर नागरिकको समेत भएकाले एकअर्कालाई निषेध र दोषारोपण गर्नुभन्दा सहकार्यका आधारमा समाज निर्माणमा सबैले योगदान गर्नुपर्ने बताए । उनले जनकपुरधाममा एकाबिहान फोहोरमैला संकलन गर्ने गरिए पनि बजारका पसले, घरबेटी र टोलछिमेकका मानिसले डस्टपिनमा फोहोर नराखी कुनाकाप्चामा फ्याक्ने गरेको बताउँदै त्यसले जनकपुरधामको धार्मिक तथा साँस्कृतिक गरिमा नै घटेको बताए । उनले जनकपुरधामलाई पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रूपमा स्थापित गर्न र विश्व मानचित्रमा उपल्लो ठाउँमा राख्न फोहोरमैला व्यवस्थापनप्रति स्थानीय बासिन्दालाई गम्भीर बन्नुपर्ने बताए । मुख्यमन्त्री सिँहले गलत, ढाँटछल, झुट, चोरीडकैती आदि बाहेक कुनै पनि कार्य सानो नहुने भन्दै कृषिलगायतका उत्पादनशील काम अप्ठ्यारो नमानी सबैले गर्नुपर्ने सुझाए ।

Discussion about this post

Related Posts

मधेशको जनसंख्या २५ वर्षमा ८२ लाख पुग्ने अनुमान, अहिलेबाटै योजना बनाउन जोड

मधेशको जनसंख्या २५ वर्षमा ८२ लाख पुग्ने अनुमान, अहिलेबाटै योजना बनाउन जोड

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठीपेटिका, विद्यालयका समस्या समाधान गर्न माग

मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठीपेटिका, विद्यालयका समस्या समाधान गर्न माग

जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको माग

जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको माग

जनकपुरधाममा सीएसई परियोजनाको प्रादेशिक अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

जनकपुरधाममा सीएसई परियोजनाको प्रादेशिक अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि