सर्लाही /मङ्सिर २३ गते । महोत्तरीकि एक ५ बर्षिया बालिकाको हेटौंडामा शौचालयमा लडेर मृत्यु भएको छ।
महोत्तरीको एकडाँडा गाउँपालिका–३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको हेटौंडा उपमहानगरपालिका–५ सिँचाइटोलमा शुक्रबार राति शौचालयमा लडेर मृत्यु भएको हो।
उनि हेटौंडामा बुवासँगै डेरामा बस्दै राईरहेको पारिवारिक श्रोतबाट बुझिएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन् । उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो । राति नै हेटौडा अस्पताल पुर्याइए पिन चिकित्सकले मृत घोषणा गरेका थिए ।
Discussion about this post