कार्तिक १८ गते। मधेस प्रदेसका मुख्यमन्त्री सतिस कुमार सिंहले राजनिती,सामाजिक तथा आर्थिक क्षेत्रमा नेतृत्व लिनका लागि आगाडी आउन युवाहरुलाई आह्वान गरेका छन । न्यु दियालो युवा क्लबले राैतहट सदरमुकाम गाैरमा आयोजना गरेको राैतहट युवा संवाद २०८१ को उदघाटन गर्दै मुख्यमन्त्री सिंहले भविष्यको पिएम,सिएम,मिनिस्टर , सांसद र विधायक सबै तपाईं युवाहरु नै हो भने । ड्रग्स लगायत नसालु पदार्थको सेवन गरि आफ्ना भविष्य र जवानीलाई अन्धकार तर्फ धकेलि रहेका युवाहरुलाई जाेगाउन शिक्षित युवाहरुलाई उनले अनुराेध गरेका छन ।
कुलतमा फसेका युवालाई जोगाउन मधेस सरकार तयार छ । युवाको उपस्थितिलाई हाैसला बढाउन प्रदेस सरकारले लोकसेवा आयोगलाई कृयाशिल बनाएको, प्रदेशमा राेजगारी सृजनाका लागि विभिन्न रचनात्मक कार्य गरि राेजगारी वृद्विका लागि हरेक पालिकामा कृषि बजार,मधेसका सबै जिल्लामा माेडर्न स्कुल स्थापना, फिल्म सिटी, एजुकेसन पार्क बनाउने लगायतका कार्य गर्न थालेकाे मुख्यमन्त्री सिंहले बताए । वैदेशिक राेजगारीमा गएका युवाले पठाएको रेमिटान्सबाट देश चलेको छ भने कुरामा कसैको दुई मत छैन । अब नेपालबाट युवा राेजगारीको शिलशिलामा विदेश जादैन भने अवस्था छैन उनले भने ।
स्वदेशमा राेजगारीको अवसर प्रदान गरेर मात्र युवालाई विदेशीनबाट राेक्न सकिन्छ सिंहले भने । गाैर नगर प्रमुख शम्भु साहले राेजगारी नपाएको कारण युवाहरु विदेशिन वाध्य भएको बताए । वर्तमान सरकारसंग ठोस भिजन नभएको कारण देश दिन प्रतिदिन हरेक क्षेत्रमा पछाडी परेको बताए । आयोजक संस्था एस टुगेर यु कैनका सचिव ओमनाथ ठाकुरकाे अध्यक्षतामा भएको कार्यक्रममा ममता झा, आदर्स सहनी, आदित्य मिश्र, मोसिमा खातुन सहितले युवाको लागि विकास तथा सहयोगको बारेमा प्रकाश पारेका थिए । सो अवसरमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार संजय यादव, कटहरिया नगर पालिकाका युवा नगर प्रमुख अजय प्रकाश जयसवाल, अधिवक्ता रतिश झा ,माैलापुर नगरपालिकाका मेयर प्रत्यासि राम कल्याण यादव,गरुडाका मेयर प्रत्यासि दिपक यादव सहितको उपस्थिति थियो । यशकाे लगत्तै विभिन्न विषयमा जानकारहरुलाई राखि युवाको भविष्य बारे छलफल गरिएको थियो । कार्यक्रम सञ्चालन अधिवक्ता युवराज मुखियाले गरेका थियो ।
Discussion about this post