nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हरमुनियम डाक्टर मधेशका विमलले रचे बिश्व रेर्कड, यस्तो छ किर्तिमान

मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक १३, २०८१, ८:४१ मध्यान्ह
हरमुनियम डाक्टर मधेशका विमलले रचे बिश्व रेर्कड, यस्तो छ किर्तिमान

नेपालमा मधेश प्रतिभाको जन्मथलो बन्दै गएको छ। विविध क्षेत्रका मधेशी सपुतहरूले विश्वभर आफ्नो किर्तिमान स्थापित गर्दै नेपालको नाम उचो राख्ने क्रम जारी छ। यस्तै एक किर्तिमानी प्रतिभाका रुपमा आज चर्चामा छन् मधेश, सर्लाहीका बिमल साह, जसले हार्मोनियमको क्षेत्रमा अद्वितीय योगदान दिएका छन्।

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१३ निवासी बिमल साह हार्मोनियम मर्मत, ट्युनिङ्ग र निर्माणमा नेपालकै चर्चित नाम बनिसकेका छन्। नेपालका प्रसिद्ध गायक तथा संगीतकारहरूको हार्मोनियम बिग्रँदा उनीहरूलाई पहिलो सम्झना बिमल नै हुने गर्छन्। यस कारणले पनि उनलाई “हार्मोनियमका डाक्टर” भनेर काठमाण्डौमा चिनिन्छ।

वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा बिमल साहको नाम दर्ता

हालै मात्र वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले बिमल साहलाई संसारकै पहिलो हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञको रुपमा सम्मानित गरेको छ। यस कीर्तिमानसँगै उनले नेपाल र मधेशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उचो बनाएका छन्। उनलाई आजपा अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायतका विशिष्ट व्यक्तिहरूले सम्मान गर्दै बधाई दिएका छन्।

बिमलको यात्राः एक सानो पसलबाट विश्व कीर्तिमानसम्म

२०७३ सालमा पशुपतिनाथको नामबाट काठमाण्डौमा सानो हार्मोनियम मर्मत पसल खोलेर ३० हजारको लगानीबाट सुरु भएको बिमलको व्यवसाय अहिले तीनवटा गोदामसम्म विस्तार भएको छ। हार्मोनियम सफा गर्ने, पेच कस्ने सानो कामबाट सुरु गरेर उनले डिजिटल ट्युनिङ्गको क्षेत्रमा विश्व किर्तिमान राख्न सफल भएका छन्।

बिमलको आफ्नै हार्मोनियम ब्रान्ड पनि रहेको छ जसको माग दिनानुदिन बढ्दो छ। उनलाई हार्मोनियम बनाइदिन र ट्युनिङ्ग गर्नका लागि कलाकारहरूले महिना दिनसम्म पर्खिनुपर्ने अवस्था छ। हार्मोनियमको सुर र बेसुरलाई सुनेर सजिलै छुट्याउन सक्ने अद्वितीय क्षमताले उनलाई “हार्मोनियमका बादशाह”को रुपमा चिनाएको छ।

नेपाल र भारतका प्रसिद्ध कलाकारहरूका हार्मोनियम ट्युनिङ्ग गराउने विश्वासिलो नाम

नेपालमा शम्भुजीत बाँस्कोटा, दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देल लगायतका कलाकारहरूले बिमलबाट हार्मोनियम ट्युनिङ गराएका छन्। त्यसैगरी, बलिउडका उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु, अनु मलिक लगायतका चर्चित व्यक्तित्वहरूले पनि बिमलको सेवा लिइसकेका छन्। भोजपुरिका प्रसिद्ध गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी आदिका हार्मोनियमसमेत उनले मर्मत गरेका छन्।

बिमल साहको योगदानः हार्मोनियममा नयाँ मानक

सादा र सरल जीवनशैली भएका बिमल साह हार्मोनियममा सुरक्षेत्रको सीमा नाघेर नयाँ मानक बनाइरहेका छन्। मधेश र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उचो राख्न उनले गरेको योगदान अतुलनीय छ। हार्मोनियममा डिजिटल ट्युनिङ्ग जस्तो प्रविधि भित्र्याएर उनले सम्पूर्ण संगीत क्षेत्रलाई प्रेरणा दिएका छन्। उनी उदाहरण हुन् कि मेहनतले सबै सम्भव छ, जो मधेश र नेपालका संगीत प्रेमीहरूका लागि गर्वको विषय बनेका छन्।

Tags: राष्ट्रिय खबरसमाचार

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!