सिराहा/असोज २४ गते । सुखिपुर उद्योग व्यापार समिति संघको चुनावमा सुखिपुरका एक चर्चित उद्योगी विजय प्रसाद गुप्ताले अध्यक्ष पदका लागि उम्मेदवारी दिइएका छन् ।
आउँदो कार्तिक ०९ गते शुक्रबार हुन लागेको चुनावका लागि विजय प्रसाद गुप्ताले उम्मेदवारी दिनु भएको छ ।
सुखिपुर नगरपालिका वडा न. -३ मा संचालित श्री हनुमान एग्रो फुड प्रोडक्टसका संचालक विजय प्रसाद गुप्ता र अशोक प्रसाद गुप्ता दुई भाइ मिलेर सिरहा जिल्लामै व्यापारको रुपमा सबैभन्दा ठुलो राईस ( चामल ) मिल खोलेका छन् । जसले गर्दा- यहाँका स्थानीय जनशक्ति सदुपयोग परिचालनको बाटो स्थापित भएको छ। यहाँ उत्पादित विभिन्न किसिमका चामलहरु देशभरि प्रख्यात छ ।
यो सँगै, कर्तब्यबिष्ट, लगनशील , समाजसेवी, लोकप्रिय उम्मेदवार विजय प्रसाद गुप्ताले भने , मेरो उम्मेदवारी पछाडि यहाँका व्यापारीहरुको हाँत रहेको छ। यहाँ व्यापारी, उद्योगी, पसलेहरुले विश्वस्तका मत दिने विश्वास लागेको छ। यतिबेला भन्नुपर्दा , सुखिपुरका उद्योग व्यापारको अवस्था हेर्दा कहालीलाग्दो अवस्था छ ।
अध्यक्ष पदका उम्मेदवार गुप्ताले भने , म जिते पछि- यहाँका व्यापारीहरुका लागि समय व्यवस्थापन गर्ने , व्यापारमा उत्कृष्टता ल्याउने , सबै व्यापारीमा एकरुपता कायम गर्दै उहाँहरुको समस्याहरुलाई हरेक तवरले आर्थिक, भौतिक, समाजिकरुपमा सबै मिलेर तत्काल समस्या समाधान गर्ने बताउँछन् ।
यति भन्दै वहाँले भने, म विजयी भयो भने – यी कामहरूमा प्राथमिकताका साथ अघि बढ्ने बताउनुभयो ।
१. बन्द रहेका उद्योग पसलहरुलाई संञ्चालन गर्ने बातावरण तयार गर्न पहल गर्ने ।
२. बजार क्षेत्रमा पार्किङ ब्यबस्थि गर्न स्थानिय सरकार नगपालिकासँग सहकार्य गर्ने ।
३. महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरी उद्यमी बनाउने स्वरोजगार बनाउने ।
४. सुरक्षित व्यवसायको लागी सिसि क्यामेरा जडान गर्ने र भएकालाई मर्मत र सुचारु राख्ने ।
५. ट्राफिक ब्यबस्थापनको लागी ट्राफिक लाईट ब्यबस्था गर्न पहल गर्ने ।
६. ब्यबसायिक हकहितको लागी काम गर्ने ।
७. पार्किङ सहितको सुबिधा सम्पन्न मानिस अट्ने क्षमताको सभाहल निर्माण गर्ने ।
८. प्रदेश सरकारसँग मिलेर विभिन्न नौलो योजनाहरु ल्याउने ।
९. कृषि प्रधान देश भएकाले नेपालमा नै उत्पादन भएको कृषि सामाग्रीलाई जोड दिँदै उत्पादन सँगसँगै
बजारको सुनिश्चितता गर्ने ।
१०. ब्यापारीलाई आवश्यक नियम कानुन सम्बन्धि कम ज्ञान भएको कारणले सरकारी तर्फबाट अनुगमनमा आउदाँ हुने विभिन्न समस्यालाई न्युनिकरण गर्ने ।
११ स्थानियतह सँग समन्वय गरी आवश्यक स्थानमा नि:शुल्क ईन्टरनेटको ब्यबस्था गर्ने ।
१२. सेयर बजार सम्बन्धि जानकारी कम भएकाले त्यस सम्बन्धि सुचना प्रवाह गर्ने ।
१२. समय अनुसार व्यवसायमा नोक्सान पुग्ने खालको विभिन्न समस्यालाई स्थानियतह नगरपालिकासँग सहकार्य गरी
समाधान गर्न समन्वय गर्ने ।
१३. कर सम्बन्धि आएको प्रत्येक नयाँ नियमलाई ब्यापारी सबैलाई सु–सुचित गराउने ।
१४. स्थानिय उत्पादनलाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउन पहल गर्ने ।
१५. समग्र सुखिपुरलाई चिनारी जस्तै पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न पहल गर्ने ।
१६. घर बाहाल कर सम्बन्धि आउने समस्याहरुलाई सम्बन्धित निकायसँग छलफल गरी समाधान गर्न पहलको बाटो तयार पार्ने बताउनुभयो ।
Discussion about this post