गिरिजानन्द साह/जनकपुरधाम। संविधान दिवसको अवसरमा विद्यार्थीलाई लक्षित गरी लिओ र लायन्स क्लब अफ जनकपुरधामको आयोजना स्ट्रीट पोएट्री प्रतियोगिता सम्पन्न भएको छ ।
संविधान दिवसको अवसरमा युवामा साहित्यप्रति रुचि जगाउने उद्देश्यले सडक स्ट्रीट पोएट्री प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा राजनीति शीर्षकको कविता प्रस्तुत गरेकी “मिस आर्ट” ले प्रथम स्थान हासिल गरिन् । प्रियम झाको कविता “पुरनका गाम”ले दोस्रो र दुगेशानन्दनीको कविता “माँ” ले तेस्रो स्थान हासिल गरेको छ ।
लिओ र लायन्स क्लब अफ जनकपुरधामले आयोजना गरेको प्रतियोगितामा दर्जनौं विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन लियो क्लब अफ जनकपुरधामका अध्यक्ष ऋतिक सिंह कुशवाहा, जनकपुरका पूर्व मेयर लालकिशोर साह, लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष हरि राउत तथा कवि काशिकान्त झा, देवीकान्त मिश्र र कवि विन्दु ठाकुर निर्णायक थिए ।
प्रतियोगितामा १७ जना प्रतियोगीले आफ्ना कविता प्रस्तुत गरेका थिए । प्रमुख अतिथि लालकिशोर साहले आधुनिकताको पछि लागेका युवायुवतीका कारण साहित्यिक गतिविधिमा ह्रास आएकोमा चिन्ता व्यक्त गर्नुभयो । उनले विद्यालय तहमा साहित्यिक गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।
पूर्व मेयर साहले धेरै विद्यार्थी साहित्य र अन्य कला विधामा रुचि नरहेको र गर्नेहरु अवसरको अभावमा पछि परेको चिन्ता व्यक्त गरे । यस्ता प्रतियोगिताले युवामा साहित्यप्रतिको लगाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

















Discussion about this post