nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जब मुख्यमन्त्री सिँह ई-रिक्साबाट पुगे कुशहा !

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १६, २०८१, ९:०१ मध्यान्ह
भिडियो कल गरेर छिमेकी महिला र पुरुषले गरे आत्महत्या,दुबैजना बीच बिवाहेत्तर सम्बन्ध रहेको आशंका

भदौ १६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको यात्रा थियो आफू अध्यक्ष रहेका बेला तिलाठी कोईलाडी गाउँ कार्यपालिका सदस्य रहेकी रधियादेवी खङको दुःखद निधनपछि किरियापुत्री बसेकालाई समवेदना व्यक्त गर्न जाने । तर, यो यात्राको अर्को पाटो पनि थियो । पहिलो स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वाचित भएको गाउँपालिकाको दुईवटा तस्बिर उधिन्यो । पहिलो तस्बिर, नदीले घेरिएको समथर भूभागमा सडकको पहुँच हुन नसक्नु तथा अधुरा तथा अपुरा पुलको र दोस्रो तस्बिर पक्की पुल अभावमा नदी तर्न अझै वर्षौअघिको झोलुङ्गे पुलको ।

दुवै कथामा तिलाठीकोईलाडी गाउँपालिका वडा नम्बर ५ का बासिन्दाको दुःख, पीडा अनि सकसका कथा छन् । सडकपुल बन्ने स्थानीयको आशा र त्यसपछि कहिले सरकारी अधिकारी त कहिले ठेकेदारको लापारबाहीले उत्पन्न गहिरो निराशाको साक्षी बनेको छ दक्षिणी मधेशको यो भूभाग । यस ठाउँका बासिन्दालाई प्रकृतिले वरपर नदी नै नदी दिएको छ तर त्यहीँ प्रकृतिप्रदत्त जलप्रवाहले बर्खार र बाढीका बेला टापुको बासिन्दामा परिणत गरेको छ । आकास बर्सिरहँदा गाउँघरबाट आउजाउ गर्न नसक्ने निरीह र किंकर्तव्यविमूढ नागरिकको वर्षौदेखि बिसेक हुन नसकेको घाउ बोकेको छ तिलाठीकोईलाडी वडा नम्बर ५ को कुशहा टोल ।शनिबार मुख्यमन्त्री सिँह आफ्नो थातथलो यसै गाउँपालिकाको वडा नम्बर ४ चट्टी टोलबाट कुशहा टोलसम्मको यात्रा थाले । करिब एक किलोमिटरको दुरीमा जिता नदीको ठिङ उभिएका पिलरमात्र भएको पुलनजिकबाट यात्राको आरम्भ थियो र बीचमा पर्ने महुली नदीले पर्खँदै गरेको पुल ।वर्षौँदेखि पुल नबन्दा कुशहा टोससम्म पुग्न आफू अध्यक्ष हुँदा बनाइदिएको झोलुङ्गे पुल भएर मुख्यमन्त्री सिँह कुशहा टोल पुगे । उनको यात्रा इरिक्सामा भएको थियो । हिजोआज यो इरिक्सा नै हो जसले कुशहा टोलसम्म पुग्नेहरूका लागि यात्राको दौँतरी बनेको छ । ठूला मोटर गुड्न नसक्ने ठाउँमा सत्तामा भएका नेता वा सरकारी अधिकारी बिरलै पुग्छन् । झन् ठूला मोटर गुड्न नसक्ने भनेपछि ती ठाउँमा जाने मेसो कहिल्यै गर्दैनन् । तर, मुख्यमन्त्री सिँहले भने आफ्नो कार्यकालमा बनेको झोलुङ्गे पुल भएर जिता तरे अनि महुली छिचोलेर पुगे कुशहा टोल ।

मुख्यमन्त्रीको इरिक्साको यात्रा देखेर स्थानीय दङमात्र परेनन्, पत्याउन मुश्किल नै हुने गरी जिब्रो टोके । सुरक्षाकर्मीसँगै रहेको देखेपछि गाउँतिर कुनै ठूलै नेता आएका अनुमान गरेका तिनीहरूले आफ्नै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य र मुख्यमन्त्री बनेका सिँह आएको थाहा पाएपछि हर्षबढाइँ गरे । अनि मुक्तकण्ठले प्रशंसा पनि गरे । मानौँ अब उनीहरूका दुःखका दिन सकिने भए ।

गाउँलेले मुख्यमन्त्री सिँहलाई भने, ‘चुनावताका भोट माग्नमात्र नेता यहाँ आउँथे तर त्यसपछि पनि हाम्रा पिरमर्का बुझ्न आको नेता तपाईँ नै हो ।’ खासमा मुख्यमन्त्री सिँहले पनि त्यहाँ पुल पुरा हुन नसकेका र सडक बन्न नसकेको चिन्ताफिकिर नै गाउँलेहरूलाई साझा गरेका थिए ।

उनले ठेकेदारको मनोमानी र सरकारी अधिकारीको बेवास्ताले गजेन्द्रनारायण सिँहकै पालादेखि बन्न थालेका भौतिक पूर्वाधार अझै पुरा हुन नसकेकोमा दुःखमनाउ गरेका थिए ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले ठेकेदारको बदमासीले जिल्लाका थुप्रा आयोजना पुरा हुन नसकेको केही दिनअघिमात्र बताएका थिए । मुख्यमन्त्रीको पनि बुझाइ पनि त्यही थियो । एसियाली विकास बैँकको ऋण सहयोगमा जिता खोलाको नदीको पुलका लागि बनाइएको प्रारम्भिक संरचना नै बिग्रेपछि डिजाइन नै फेरिनुपर्ने स्थिति आयो भने महुली नदीको पुलको काम सुरु नै भएन । धेरै पहिला ट्रयाक खोलिएको कुशहा–जण्डौल सडक पनि बन्न सकेन ।

मुख्यमन्त्री सिँहले दुवै नदीमा पुल बनाउन चालू आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन गरेको र काम शीघ्र नै पुरा हुने बताइरहँदा वर्षौदेखि अँध्यारो भएका स्थानीयको अनुहारमा चमक आएको थियो ।
उनीहरूले भने, ‘मुख्यमन्त्रीको इरिक्सा यात्राले हाम्रो दुःखका दिन सकियोस् ।’

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि