भदौ १६ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ जनकचोक रहेको होटेल राज घरानामा एक कर्मचारी शौँचालयमा मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार विहान करिब ९ बजेको समयमा शौँचालयमा मृत अवस्थामा फेला परेको हो । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा १ बस्ने बर्ष ३५ को राजकुमार श्रेष्ठ मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार मृत अवस्थामा फेला परेका श्रेष्ठको टाउकोमा चोट देखिएकोले शंकास्पद रहेको बताए । यसबारे थप अनुसन्धान भईरहेको बताए ।





















Discussion about this post