गिरिजानन्द साह/भदौ ९ गते। सप्तरीको ऐतिहासिक छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा श्री महाविर युवा कमिटिको ५७औं साधारणसभा सम्पन्न भएको छ । प्रत्येक वर्षझै यसपाली पनि जनकपुरधाममा राजदेवी माताको पूजा भव्य बनाउनका लागि मूल पूजा समितिसंगै विभिन्न उपसमिति चयन गरेको छ ।
साधारणसभाको बैठकबाट राजदेवी पूजाको मूल पूजा संयोजकमा रंजित भगतलाई चयन गरिएको छ । यसका साथै विभिन्न ९ वटा उपसमिति समेत चयन गरिएको हो । ठेहा संयोजकमा अजित शर्मा, प्रसाद ,महा प्रसाद संयोजकमा दिपक साह ,भव्य शृगार संयोजकमा प्रदीप साह, भजन संध्या संयोजकमा रंजन जयसवाल, मेला संयोजकमा रोशन कुमार साह, खोईछ भराई संयोजक तथा पार्क संरक्षण संयोजकमा बिकास साह ( बिक्की), सरसफाइ संयोजकमा सुनिल राउत, रावन बध संयोजकमा ओमप्रकाश गुप्ता, बिजय दसमी तथा झाँकी संयोजकमा मोहन साह( हिन्दु) र लाईन व्यवस्थापन तथा खाना संयोजकमा शशी साहलाई चयन गरिएको छ ।

















Discussion about this post