श्रावण २४ गते। सन् २०१८ को हिट फिल्म ‘रेड’ को सिक्वेल बहुप्रतिक्षित फिल्ममा पर्छ।
अजय देवगनको मुख्य भूमिका रहेको ‘रेड २’ को सुटिङ यसै वर्षको जनवरीमा सुरु भएको थियो। आउँदो नोभेन्बरमा १५ मा फिल्मलाई रिलिज गर्ने तयारी थियो।
यसैबीच, राजकुमार गुप्ताको निर्देशित फिल्मको प्रदर्शन मिति सरेको छ। यो फिल्म आगामी वर्ष रिलिज गरिनेछ। अजयको अर्को फ्रेन्चाइजी फिल्म ‘सिंघम अगेन’ सँग भिड्ने भएपछि मिति सारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
निर्माण पक्षले यसबारे कुनै विज्ञप्ति जारी गरेको छैन। तर, अब निर्देशक आफैंले ‘रेड २’ योवर्ष नभई सन् २०२५ मा रिलिज हुने बलिउड हंगामासँग बताएका छन्। यससँगै गुप्ताले रिलिजको निश्चित मिति पनि निर्माताले मिलेर तय गर्ने बताए।
यस फिल्ममा सौरभ शुक्लाले खलनायकको भूमिका निर्वाह गरेका छन्। रेड २ मा अजय देवगनको विरुद्धमा रितेश देशमुख दुश्मनको भूमिकामा देखिनेछन्। राजकुमार गुप्ताको वेब सिरिज पिल हालै रिलिज भएको छ। र, यसमा रितेशले भ्रष्ट फार्मा कम्पनी विरुद्ध लड्ने मुख्य नायकको भूमिकामा छन्।
राजकुमार गुप्ताले पिलमा रितेशलाई नायकको रूपमा प्रस्तुत गरेका छन् भने उनी रेड २ मा नकारात्मक भूमिकामा देखिने बताइएको छ। ‘रेड २’ मा अजयसँग वाणी कपूर मुख्य भूमिकामा देखिनेछिन्। भूषण कुमार, कुमार मंगत पाठक, अभिषेक पाठक र कृष्ण कुमार फिल्मका निर्माता हुन्।
Discussion about this post