गिरिजानन्द साह/श्रावण १७ गते। जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि कोषाध्यक्ष पदमा परमेश्वर साह (आशा)ले उम्मेदवारी दिने भएका छन् ।
आगामी भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको आज आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा परमेश्वर साह (आशा) ले बताए । उनले व्यवसायीहरूको प्रवर्धन, संरक्षण र सुरक्षा लागि रातदिन खटिने प्रतिबद्धता जनाएका छन्।
व्यवसायीक भावना बुझ्ने, चुनौती र समस्याहरू उजागर गर्न सक्षम, विभिन्न संघ संस्थामा अनुभव भएका श्री साहले व्यवसायीक समुदायको समर्थन पाएका छन्।
स्थानीय व्यवसायीहरूले उनलाई भारी मतले विजयी बनाउने आशा व्यक्त गर्दै, आगामी निर्वाचनमा एकजुट भएर साथ दिने प्रतिबद्धता जनाएका छन्।
“साहज्यूको नेतृत्वमा व्यवसायको उज्ज्वल भविष्य सुनिश्चित हुनेछ,” व्यवसायी सुमित्रा देवीले भनिन्।
जनकपुरधामका उद्योगी व्यापारीहरू साहको उम्मेदवारीलाई स्वागत गर्दै, उनको नेतृत्वमा व्यवसायीक विकासको अपेक्षा गरेका छन्।
Discussion about this post