जेठ ३० गते। जनकपुरको शुकरबारी बजार अगाडि फुटपाथमा एक पुरुषको शव फेला परेको छ ।
आज अपरान्ह रामचोकभन्दा दक्षिण रहेको शुकरबारी बजार अगाडि फुटपाथमा मृत अवस्थामा पुरुषको शव फेला परेको हो ।
शुक्रबारी बजारस्थित रहेको फुटपाथमै उनको शव देखेपछि व्यापारीहरुले प्रहरीलाई खवर गरेको थियो । उनको विवरण भने खुलेको छैनन् भने मृत्यू कसरी भएको बारे प्रहरीले समेत अनुसन्धान जारी राखेको बताईएको छ ।
Discussion about this post