जेठ २ गते । राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेजको माग गर्दै चार राजनीतिक दलले मंगलबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहालाई नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा नेपाल र लोसपाले संयुक्त रुपमा सो ज्ञापनपत्र बुझाएका हुन् ।
बुझाइएको ज्ञापनमा राजनीतिक प्रतिशोधको नाममा गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्न माग गर्दै दरबन्दी मिलान नगरि शिक्षकको सरुवा गर्ने निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई सरुवा गर्न, नगर शिक्षा ऐन संशोधन गर्न समेत माग गरिएको छ ।
नेपाली कांग्रेसका नगर सभापति नारायण यादव, माओवादी केन्द्रका भुलाई राम, जसपाका लक्षणदेव साह र लोसपाका रामसागर मण्डलले संयुक्त रूपमा ज्ञापन बुझाउँदै मागहरू सात दिनभित्र पुरा नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।















Discussion about this post