वैशाख ३१ गते। महोत्तरीको मटिहानीबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ बस्ने २५ वर्षी अनिस राईन रहेका छन् ।
मटिहानी नगरपालिका वडा नं. ६ मा जिल्ला प्रहरी कार्यालय महोत्तरी र मटिहानी प्रहरी चौकीका संयुक्त टोली चेकजाँच गरिरहेको समयमा भारतबाट नेपालतर्फ आउदै गर्दा राईनलाई स्रोत खुलाउन नसकेको रकमसहित पक्राउ गरेको छ ।
भारतबाट मटिहानी तर्फ प्र.२–०२–००४ प ७१६७ नं. को मोटरसाइकलमा आएका राईनलाई प्रहरीले चेकजाँच गर्दा छ लाख ६८ हजार पाँच सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । राईनको साथबाट एक हजारको दरले ५२९ थान र पाँच सयको दरले २७९ थान बरामद गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post