nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डायलायसिस नहुँदा बिरामीलाई सास्ती

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २८, २०८१, १:०७ मध्यान्ह
डायलायसिस नहुँदा बिरामीलाई सास्ती

नागेन्द्रकुमार कर्ण/महोत्तरी,/बैशाख २८ गते। जलेश्वर नगरपालिका वडा नं. २ बस्ने ४० वर्षीया निलम चौधरीको दुवै मिर्गौलाले काम नगरेका कारण हप्तामा दुई दिन डायलायसिस गराउनुपर्छ । जलेश्वर क्षेत्रमा डायलायसिस नहुँदा चौधरीलाई हरेक हप्ताको दुई दिन जनकपुर जानुपर्ने बाध्यता छ । यसले आर्थिक बोझका साथसाथै हैरानी समेत खेप्नु परिरहेको मिर्गौला पीडित चौधरीका पति विष्णु चौधरीले जानकारी दिनुभयो ।

उहाँले तीन वर्षदेखि निरन्तर रूपमा पत्नी निलमलाई जलेश्वरबाट हप्ताको सोमबार र बिहीबार दुई चोटि डायलायसिसका लागि प्रादेशिक अस्पताल जनकपुर लानु परिरहेको बताउनुहुँदै गाडी भाडा, समय तथा अन्य खर्चले हैरानी बनाएको गुनासो गर्नुभयो पालो लिन तोकिएको दिन बिहानै पुग्नुपर्छ अनि मात्रै पालो पाउने गरेको तथा एकपल्ट कम्तीमा चार घण्टासम्म डायलायसिस हुने गरेकाले समय बढी लाग्ने गरेकाले नजिककै स्वास्थ्य संस्थामा यो सेवा दिन जरुरी रहेको बुझाइ चौधरीको छ ।

प्रादेशिक अस्पताल जलेश्वरमा एक वर्षदेखि डायलायसिस सेवा सुरु हुने भनिएता पनि अहिलेसम्म सुचारु नभएको चौधरीले बताउनुभयो । जनकपुरको प्रादेशिक अस्पतालमा १८ वटा डायलायसिस मेसिनबाट सेवा प्राप्त भइरहेको छ । चौधरीले बिरामी बढ्दै गए सेवाग्राहीहरूलाई समस्या हुन सक्ने भएकाले मिर्गौला रोगीहरूका लागि अति आवश्यक रहेको हेमोडायलायसिस सेवा जलेश्वरमै सुचारु गर्न सरोकारबाला निकायसँग आग्रह गर्नुभयो ।

यसैगरी, जलेश्वर नगरपालिका वडा नं. २ कै ५० वर्षीय चन्देश्वर पासमान विगत एक वर्षदेखि डायलायसिसका लागि जनकपुर धाइरहनु भएको छ । महोत्तरी जिल्लामा एउटा पनि डायलायसिस मेसिन नहुँदा मिर्गौला बिरामीहरूलाई आर्थिक बोझका साथसाथै हैरानी समेत खेप्नु परिरहेको छ । मिर्गौलाले ९० प्रतिशतसम्म काम गर्ने क्षमता गुमाइसकेको अन्तिम अवस्थामा डायलायसिस गर्ने गरिएको चिकित्सकहरू बताउँछन् । नेपाल सरकारले डायलायसिस सेवा निःशुल्क गरेको छ । सुरु सुरुमा एक पटक डायलासिस गरे २५ सयदेखि तीन हजारसम्म तिर्नु परेको बत्ताउनुहुँदै विष्णु चौधरीले स्थानीय तह तथा स्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर जाँदा निःशुल्क गरिएको बताउनुभयो ।

प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा विगत तिन वर्षदेखि पाँच थान डायलायसिस मेसिन राखिएको छ । जनशक्ति नहुँदा थन्किएको मेसिनका लागि एक वर्ष यतादेखि जनशक्ति र व्यवस्थापन थालिएको प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिनु झाले बताउनुभयो । उहाँले जनशक्ति तथा मेसिन व्यवस्थापनको कार्य गरिएपनि पानीका कारणले सेवा सुचारु हुन नसकेको बताउनुभयो । छ पल्टभन्दा बढी पानी चेकजाँचका लागि काठमाडौँ पठाएपनि पानीमा देखिएको गडबडीले सेवा सुचारुमा समस्या देखिएको बताउनुहुँदै अध्यक्ष झाले केही दिन भित्र सेवा सुचारु गर्ने गरी कार्य अगाडि बढिसकेको बताउनुभयो ।

शुद्ध पानीका लागि पुनः अर्को मेसिन लगाएर पानी चेकका लागि पटाउँछौँ, त्यहाँबाट पोजेटिभ रेस्पोन्स आयो भने सेवा सुचारु गर्ने गरी गृहकार्य अगाडि बढिसकेको अध्यक्ष झाले बताउनुभयो । प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीका डायलायसिस टेक्निसियन पूजा लाल दासले डायलायजर (कृत्रिम मिर्गौला) एउटा विशेष फिल्टर रहेको र यसमा मेसिनद्वारा बढी भएको तरल पदार्थ र फोहोर पदार्थलाई बाहिर फाल्ने र विशेष झोलको मद्दतले शुद्ध रगत बनाउने कार्य गरी पुनः सो शुद्ध रगतलाई शरीरमा पठाउने कार्य गर्ने गरिएको जानकारी दिनुभयो ।

डायलायसिस गराउने बिरामीले नियमित रूपमा खाना, पानी, औषधी सेवन नगर्ने हो भने थप डायलायसिस गराउनुपर्ने जोखिम हुने र यसले कुपोषण हुने, किड्नी फेल हुने र मृत्यु सम्म गराउने जोखिम हुने भएकोले डायलायसिस गराउने रोगीले नियमित रूपमा औषधी सेवन गर्न आग्रह टेक्निसियन दासले गर्नुभयो । स्रोत-गोरखापत्र अनलाईन बाट 

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि