बैशाख २७ गते। सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या भएको छ । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–१ स्थित बैंकमा कार्यरत परशुराम फुयालको शव धारिलो हतियार प्रयोग गरेको अवस्थामा उनको आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।
उनको राति नै हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । फुयाल सोही वडाका स्थानीय बासिन्दा हुन् । घटना सम्बन्धि थप विवरण आउन बाकी छ।















Discussion about this post