बैशाख २६ गते। नेपाल तर्फको सघन सुरक्षा जाँचलाई छल्दै भारतीय सीमामा स्वचालित (अटोमेटिक ) दुई थान पेस्तोलसहित एकजना नेपाली नागरिकलाई पक्राउ गरिएको छ ।
मुलुकमै सबै भन्दा बढी चेकजाँच नाका भएको शंकराचार्य गेट अगाडिबाट स्वचालित हतियार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले मंगलबार बरामद गरेको छ । सीमावर्ती क्षेत्र वीरगन्ज–र क्सौल नाकाको मितेरी पुलबाट हतियारसहित एकजना नेपालीलाई पक्राउ गरिएको एसएसबीले पुष्टि गरेको छ ।वीरगञ्जको भन्सार तर्फका आधा दर्जन चेंकजाँचहरु छल्दै भारत प्रवेश गरिरहेको अवस्थामा भारतीय एसएसबीले स्वचालित पेस्तोलसहित नेपालीलाई पक्राउ गरेको छ ।
वीरगञ्जको रजतजयन्ती चोकदेखि सीमासम्म सशस्त्र, नेपाल प्र हरी र भन्सारको आधा दर्जन चेकपोष्टहरु रहेका छन् । भारतीय एसएसबीले मितेरी पुलबाट सोमबार दिउँसो नवलपरासी जिल्लाको रजहर बस्ने २५ वर्षीय मनोज महर्जनलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको छ ।वीरगञ्जबाट सीमावर्ती सहर रक्सौलतर्फ गइरहेका दुई जनालाई चेकजाँज गर्न खोज्दा हतियार फ्याकेर भाग्न थाले पछि हतियारसहित महर्जनलाई पक्राउ गरिएको एसएसबीका सहायक कमान्डेट गुलाब चौधरीले बताएका छन् ।
मेड इन युएसए लेखिएको ९ एममको पेस्तोल १ थान र मेड इन जर्मनी लेखिएको ९ एमएमकै पेस्तोल १ थान तथा १ थान म्याग्जिनसहित महर्जनलाई पक्राउ गरिएको चौधरीले बताए । तर उनको साथमा रहेका नवलपरासीकै विवेक मल्ल ठकुरी भने फरार भएको उनले बताए ।पेस्तोलसहित पक्राउ परेका महर्जनलाई प्रहरी थुनामा राखेर अनुसन्धान भइरहेको जनाउँदै चौधरीले फरार रहेका ठकुरीलाई पनि पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन् ।

















Discussion about this post