बैशाख २५ गते। महाेत्तरीबाट ५० किलो गाँजासहित एकजना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक भारत बिहार जिल्ला सितामढी ग्राम पुनौरा टोल ३ बस्ने ४५ वर्षीय सैयद अंसारी रहेका छन् ।
उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको हो । एम.एच. ४३ ए.बी. ५६६ भारतीय नम्बरप्लेटको कारलाई पुर्व-पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा जलेश्वर तर्फ भाग्न खोज्दा प्रहरीले पछ्याएको थियो ।
त्यसक्रममा महोत्तरीको औरही नगरपालिका ९ टिमकिया स्थित बर्दिवास-जलेश्वर सडक खण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।कारबाटलुकाइ छिपाई राखेको ५० किलो लागुऔषध गाँजा बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए । पक्राउ परेका अंसारीलाई लागूऔषध शिर्षकमा मुद्दा दर्ता गरी महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post