बैशाख २४ गते। अपरिचित मान्छेको अपहरणमा परेका महोत्तरीका एक युवकलाई प्रहरीले अपहरणमुक्त गराएको छ। औरही नगरपालिका वडा नम्बर ३ घर भई हाल जनकपुर नगरपालिका आनन्दनगरमा डेरा गरी बस्दै आएका १७ वर्षीय अमनकुमार यादवलाई प्रहरीले सकुशल अपहरणमुक्त गराएको हो।
ती युवक एसइईपछि जनकपुरमा ब्रिज कोर्स गर्दै आइरहेका थिए। बिहान ३ /४ बजेको समयमा अपरिचित समूह आएर उनलाई कुटपिट गर्दै अपहरण गरेपछि सोही घरमा बस्ने अन्य व्यक्तिले अमनकुमारको घरमा जानकारी गराएका थिए। त्यसपछि अमनकुमारको परिवारले प्रहरीलाई तुरुन्तै सम्पर्क गरे। नेपाल-भारतको सिमानामा पुगेपछि अपहरणकारी भ्यान छोडेर भागेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराजा कडरिया र एसपी भुवनेश्वर तिवारीको नेतृत्वले उनलाई उद्धार गरेको हो।
अहिले ती युवकलाई प्रादेशिक अस्मापतालमा सामान्य चेकजाँचपछि अनुसन्धानका लागि जनकपुर लगिएको छ। अपहरण कसले र किन गर्यो भन्ने कुराकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post