बैशाख १५ गते। घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।
सर्लाहीको सदरमुकाम मलङ्गवामा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको हो । आज बिहानीपख घरको छतबाट खसेर गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय सन्तोष राउतको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मलङ्गवा नगरपालिका–१० का राउत मलङ्गवा नगरपालिका–९ स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका थिए । अत्यधिक गर्मीका कारण शीतल खोज्दै छतमा सुतेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शव शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रनाउ दीपक श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो ।
Discussion about this post