गिरिजानन्द साह/बैशाख २ गते। जुडशितल पर्वको अवसरमा लायन्स र लियो कल्ब अफ जनकपुरधामद्वारा क्ले होली एन्ड सत्तु ड्रिनकिङ कार्यक्रम सम्पन्न गरेको छ। प्रत्यके वर्ष बैशाख २ गते मनाइने मधेस र मिथिलाञ्चलको जेठो पर्व जुडशितलको जनकपुरधामको भुतनाथ मन्दिर प्राङ्गण र गंगासागर पोखरीको डिलमा पौराणिक परम्परा अनुसार जुडसितल मनाइएको छ ।
नेपालमा मनाइने पर्वहरुमा सबभन्दा जेठो पर्वको रुपमा रहेको जुडशितल सिरुवा पर्व तराई मधेसमा लोपोन्मुख रुपमा रहेको तथा लोप नै हुन लागेको भन्दै जीवन्त राख्नको लागि हिलो माटो दलेर मनाइएको छ । जनकपुरको गँगासागर पोखरी डिलमा आज विहान ७ बजेदेखि राखिएको हिलोमाटो सहितको जुडशितल कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका पुर्व अध्यक्षहरु, लायन्सकर्मिहरु,लियो क्लब अफ जनकपुरधामका अध्यक्ष तथा लियो कर्मीहरुको उपस्तिथि रहेको थियो।
लियो क्लब अफ जनकपुरधामको अध्यक्ष विकाश साहको विशेष सक्रियतामा भएको क्ले होली एन्ड सत्तु ड्रिनकिङ कार्यक्रममा लायन्सकर्मीहरु,लियो कर्मीहरु तथा अन्य संघ संस्थाको व्यक्तित्वहरुले एक आपसमा
हिलो माटो दलेर विशुद्ध जुडशिलतको आभाष गराएका छन् ।
Discussion about this post