यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ । कालयुक्त नामक संवत्सरको स्वामी शिव हुन् । यसकारण यस वर्ष सवै प्राणीहरुले आँटेको कार्य पुरा गर्न सहज रहनेछ तर राजा मंगल र मन्त्री शनी रहनाले देशमा झगडा, द्धन्द र विवाद अत्याधिक बढ्न सक्छ । शनि र मंगलले गर्दा सरकार भित्र नै दुई मतको सिर्जना हुनसक्ने देखिन्छ । यसको प्रभाव आम जन मानसमा पनि पर्न सक्छ । यस बर्ष जल संख्या ९६ र भुमि जल संख्या १९ रहनेछ । जन्मको अनुपातमा मृत्यु अत्याधिक रहनेछ । कृषकको लागि नराम्रो हुने छैन । रोगव्याधिले गर्दा मानिस तथा पशुमा प्रभाव पर्नेछ । व्यवसायीको लागि खासै राम्रो रहने छैन । यस वर्षको सवै राशिको वैदिक राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
यो वर्ष समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यावसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्न सक्छ । खर्च भने बढ्न सक्छ । वैशाखमा मन परिवर्तन हुनसक्छ । पारिवारिक समन्वय तथा सद्भाव बढ्नेछ । ब्यापार ब्यावसायमा वृद्धि हुनेछ । पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ । जेठ, असारमा आम्दानीको वृद्धि हुनेछ । असोज, माघ र फागुन महिना शुभ फलदायक रहने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
यो वर्ष समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मन मुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । असोजबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नु होला । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । कृषि काममा फाइदा मिल्नेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । साउन, मंसिर, फागुन र चैत्र महिना शुभ फलदायक रहनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :
यो वर्ष समय ठीकै छ । कहिलेकाँही मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा वा संकटमा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । सामाजिक कार्यमा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन । अध्ययन अध्यापनमा रूची बढ्नेछ । घरायसी काममा विवाद बढ्नेछ । वैशाख, भदौ, मंसिर, फागुन र चैत्र महिना शुभ फलदायी रहनेछ ।
अध्यापनमा सुधार आउनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ । साझेदारी काममा समस्या आउन सक्छ । समग्रमा राम्रो छ । वैशाख, भाद्र, आश्वीन र माघ महिना शुभ फलदायी रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
यो वर्ष समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला । नोकरीमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । रोकिएका अधुरा पुरा हुनेछन । जेठ, असार, माघ र फागुन महिना सुभ फलदायी रहनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :
यो वर्ष समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । पराक्रम बढ्नेछ भने रोकिएका कामहरु सुचारू हुनेछन । लेनदेनमा विवादबाट बच्नुहोला । असार, असोज, कात्तिक, मंसिर र चैत्र महिना शुभ फलदायी रहनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) ः
यो वर्ष समय मध्यम छ । मेहनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । पुरानो समस्याको समाधान हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । साथीभाईसँग विवादवाट बच्नुहोला । धेरै खर्च बाट बच्नुहोला । अध्ययनमा सफलता मिल्नेछ । साझेदारी व्यवसायमा विवादबाट बच्नुहोला । मन कमजोर हुनसक्छ । आवेगमा विवेकले कार्य गर्नुहोला । वैशाख, असार, मंसिर, पुस महिना सुभ फलदायी रहनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) ः
यो वर्ष समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको वृद्धि हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ । स्वास्थ्यमा केहि समस्या आउनसक्छ । सामाजिक र धार्मिक काममा व्यस्त रहनु शुभ हुनेछ । अध्ययनमा सफलता, धनमा संघर्ष हुनसक्छ । मुद्धा मामिलाबाट बच्नुहोला । जेठ, भाद्र, पौष, माघ महिना सुभ फलदायी रहनेछन् ।
पुनश्चः राशिफलमा जेजस्तो बताएतापनि वताईएको भएता पनि जन्मकुण्डलीमा भाव तथा अन्य ग्रहहरूको प्रभावले गर्दा तपाँईको कुण्डली अनुसार सत प्रतिशत मेल नखान पनि सक्छ । यसर्थ आफुले गर्ने नियमीत कार्यलाई राशिफलको आधारमा प्रभाव नपर्ने गरि हिम्मतका साथ गर्न नछोड्नुहोला तपाँईको यो वर्ष शुभ रहोस् । हार्दिक शुभकामना ।
लेखक सञ्चारकर्मी तथा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्र, तिनकुने काठमाडौं का सञ्चालक हुन् । उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।





















Discussion about this post