जनकपुरधाम/चैत २६ गते । जनकपुरधाम उप-महानगरपालिका ४ विश्वकर्मा टोलमा एक युवकमाथि छुरा प्रहार गरी हत्या गरिएको छ ।
महोत्तरीका एकडारा गाउँपालिका बस्ने २० वर्षीय प्रीन्स कुमार महासेठको हत्या भएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा चौक नजिक आज दिउँसो १२ बजेतिर महासेठको हत्या भएको हो । हत्या गरेको आशंकामा स्थानीय २४ वर्षीय अर्जुन साहलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रिंस कुमार महासेठ महोत्तरीको एकडारा गाउ पालिका ३ भटौलीया निवासी हुन । गाउँको श्री सम्पत्ति बेचेर उनको परिवार जनकपुर बस्दै आएको थियो । बुवा जमाहिर लाल महासेठको कोरोना कालमा मृत्यु पश्चात आमाले फलफूल व्यबसाय गरी बालबच्चाको पालन पोषण गर्दै आएकी थिइन ।

















Discussion about this post