चैत २५ गते। सिरहाबाट लागूऔषध सहित दुई यूवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नं. १९ छर्रापट्टि बस्ने अन्दाजी वर्ष २४ को सन्तोष कुमार साह र लहान नगरपालिका वडा नं. १९ कटाह चोक बस्ने अन्दाजी वर्ष २५ को शिवनाथ महतो रहेका छन ।
गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहान सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले अस्पताल चोक देखि लहानतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ प ७३८० नं. को मोटरसाईकल लाई रोकी चेकजाँच गर्ने क्रममा सोहि मोटरसाईकल पछाडि सवार जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १९ छर्रापट्टि बस्ने को सन्तोष कुमार साहले बोकेको कपडाको झोलामा फेनरागन १३३ एम्पुल,Buprenorphine injection Lp,-१३५ एम्पुल र Diazepam injection lR-१३४ एम्पुल लागूऔषध यादवलाई प्रहरीले पक्राउ गरेको थियो।
बरामद गरिएको लागुऔषध सहित मोटरसाईकल र मोटरसाईकल चालक कटाह चोक बस्ने अन्दाजी वर्ष २५ को शिवनाथ महतो समेतलाई नियन्त्रणमा लिएको र ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानाएको छ।

















Discussion about this post