चैत २४ गते। सिरहामा ज्यान सम्बन्धि कसुरमा एकजना प्रतिवादी पक्राउ परेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी वर्ष ४५ को नन्द कुमार यादव लाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसार नन्द कुमार यादवले समेत प्रतिवादी भएको आ.व.०७६/७७ सालको ज्यान सम्बन्धी कसुरमा ईलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहामा मुद्दा चलिरहेकोमा उनलाई पक्राउ गरिएको हो ।
उनलाई विषेश सूचनाको आधारमा ई.प्र.का.महेशपुर पतारी सिरहाबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बजारमा हिँडडुल गरिरहेको अवस्था पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । उनलाई पक्राउ गरी ७ (सात) दिनको म्याद लिई ई.प्र.का.महेशपुर पतारी सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

















Discussion about this post