चैत २४ गते । बारामा बसले ठक्कर दिँदा डियुटीमा खटेका एक ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान पर्साकाे छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको थियो ।
अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको हो । जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति ११ बजे काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।
बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको ।

















Discussion about this post