चैत २१ गत। स्रोत नखुलेको १३ लाख ५० हजार नेपाली रुपैयाँ सहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साकाे पाेखरिया नगरपालिका वडा नं. १ स्थित बनकटवा बस्ने ३४ वर्षीय हरिकिशाेर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. १ बस्ने ४२ वर्षीय रमेश प्रसाद कुशवाहा रहेका छन् ।
प्रहरीले दुवैजनाको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।
बाराको विश्रामपुर गाउँपालिका वडा नं. ४ मुसहर्वा स्थितसडकबाट स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजना हुण्डी कारोबारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आराेपिहरु पछिल्लो दुई दिनमा करिब ८ करोड रुपैयाँ काे काम हुन्डी काराेबार मार्फत नेपालमा ल्याएको प्रहरीकाे अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
पक्राउ परेका दुवैजनालाई बारा जिल्ला अदालतबाट म्याद थमाई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

















Discussion about this post