चैत ७ गते। बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै बुबा ४५ वर्षीय हिराई सदाको हत्या गरेको अभियोगमा सप्तकोशी नगरपालिका-३ सखबनी नयाँबस्ती बस्ने २२ वर्षीय लालदेव सदालाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा लालदेवले बन्चरो प्रहार गर्दा हिराईको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै लालदेवले बन्चरो प्रहार गर्दा घाइते भएका छिमेकी ६५ वर्षीय दशन सदाको स्थानीय अस्पताल फत्तेपुरमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी सप्तरीले जनाएको छ ।















Discussion about this post