चैत ४ गते। नेपाल नर्सिङ परिषद्ले शनिबार (हिजो) सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन्।
परिषद्का रजिस्ट्रार शुक्ला खनालका अनुसार पीसीएल तर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन्।
यस्तै बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना ( ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् । दुवै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको छ।
परिषद्ले लिएको यो पीसीएल तर्फको ३५ औँ नाम दर्ता परीक्षा हो भने बीएस्सी तर्फ पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षा हो। परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरूले आगामी परीक्षामा सहभागी हुन पाउने बताइएको छ।
Discussion about this post