चैत २ गते। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले १० जना बैंकरलाई आज हाजिरी जमानीमा छाडेको छ।
सीआईबीले ती बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा छाडेको हो। उनीहरुमाथि ब्यूरोले प्रारम्भिक अनुसन्धान सकेर १७ दिनपछि हाजिरी जमानीमा छाडेको हो।
सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले अनुसन्धानमा सहयोग गर्ने र दैनिक हाजिरी हुने गरी छाडिएको बताए। प्रहरीले अनुसन्धान भने जारी रहेको जनाएको छ।
धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोप उनीहरुमाथि छ। तत्कालीन सेञ्चुरी बैंकका सीईओ तथा पूर्वसीईओसहितका १० जनालाई फागुन २९ गते थप पाँच दिन हिरासतमा राख्न ब्यूरोले अनुमति पाएको थियो। सीआईबीले फागुन १५ गते उनीहरुलाई पक्राउ गरेको थियो।
Discussion about this post