महोत्तरी/फागुन ३० गते। महोत्तरीमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका– ३, मलिवारामा बुधबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
आफ्नै घरअगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दूरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेको र सोही पोखरीमा उनको डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

















Discussion about this post