फागुन २८ गते । वीरगन्ज काे जयन्ती चोकबाट प्रतिबन्धित लागूऔषध खैरो हेराेइनसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं.२० बस्ने १९ वर्षीय कार्तिक कुमार राय र साेही महानगरपालिका -१७ बस्ने २० वर्षीय युवराज राय रहेका छन् । खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम प्रतिबन्धित लागूपदार्थ बरामद गरिएको हाे ।
प्रहरी चौकी इनरुवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगन्ज बजारतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

















Discussion about this post