फागुन २७ गते । सिरहामा श्रीमानले धारिलो हतियार प्रहार गर्दै श्रीमतीको हत्या गरेको छ। 
घरायसी विवादका कारण सिराहा जिल्लाको सिराहा नगरपालिका वडा नं ६ स्थित बसपिट्टामा धारिलो हतियार प्रहार गर्दै राम उदगार शाहले आफनै श्रीमती निर्मला शाहको हत्या गरेको सिरहाका एसपी सन्तोष आचार्यले बताए ।
आज अपराहन्न ४ बजेतिर कमला नदीको बगरतिर घाँस लिन गएकी निर्मलाको घरेलु विवादमा पति रामउदगारले घाँस काट्ने हँसियाले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । घटेको घटना लगतै प्रहरीको टोली पुगेर वस्तुस्थितिको मुचुल्का उठाई शवलाई पोस्टमार्टम लागि लगिएको छ ।
प्रहरीले श्रीमान राम उदगार शाहलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिराहा जिल्लामा पछिल्लो समय हत्याको घटना लगातार भइरहेको रहेको छ । गोलबजारमा भएको हत्या घटना सेलाउन नपाउँदै फेरि हत्याको घटना घटेको छ ।

















Discussion about this post