फागुन २४ गते । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । बुधवार कुरकुरे किन्न गएका ४ वर्षीय अङ्कित कुमार राम अपहरणमा परेका हुन् ।
प्रहरीले अपहरणमा संलग्न भारतको सितामढीका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरेको छ । आरोपीबिरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।














Discussion about this post