उमेश कुमार साह/बोदे बरसाईन/फागुन २३ गते। सप्तरीको ईलाका प्रहरी कार्यालय बोदे बरसाईनमा कार्यरत प्रहरी सहायक हवलदार कृष्ण मोहन सिंहको छतको भर्याङ्गबाट लडेर मृत्यु भएको छ ।
राति १० बजे डियुटी सकेर आफ्नो कोठामा सुतेका सिंह अचानक राति ३:४० मा छतबाट लडेर तल झरेको थियोे । डियुटीमा रहेका सेन्ट्रीले आवज सुनेपछि तत्कालै उपचारको नागी जीवन ज्योति हस्पिटल प्रा.लि. मा लगेको त्यहाँ उपचार हुने सम्भव नभएपछि तत्कालै छिन्नमस्ता हस्पिटल राजविराज पठाएकोमा हस्पिटलले मृत घोषणा गरेको थियो ।
जिल्ला सर्लाही बलरा नगरपालिका वडा नम्बर- १० सिंह टोल बस्ने ३३ वर्षीय कृष्ण मोहन सिंहको दरबन्दी प्रहरी चाैकी बिसनपुर सप्तरीमा रहेको छ । यता जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक दुन्डी राज न्युपानेले आफन्त आएपछि पोस्टमार्टम गराएर परिवारलाई जिम्मा लगाउने बताए । उनले यस विषयमा थप विस्तृत अनुसन्धान भई रहेको बताए ।















Discussion about this post