फागुन २२ गते। हेटौंडा–पथलैया सडक खण्डको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक यात्रुबाहक बस पल्टिँदा २३ जना घाइते भएका छन् ।
१८ जनाको हेटौंडा सरकारी अस्पताल र ५ जनाको अमलेखगन्जमै उपचार भइरहेको छ । चितवनबाट जनकपुरतर्फ जाँदै गरेको ना६ख ९०३० नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० फिट तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुने २३ जनामध्ये एक जना महिला गम्भीर रहेको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् । गम्भीर घाइते भएकी महिलाको परिचय भने खुलेको छैन ।

















Discussion about this post