फागुन १६ गते। प्रतिबन्धित लागूऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला ग्राम पञ्चायत सुतिहारा बारा ६ बस्ने वर्ष २० का छोटु पासवान र सितामढी ग्राम पञ्चायत लहुरिया ९ का २५ वर्षीय मोहमद समिम शेष रहेका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुका अनुसार मंगलबार साँझ सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेही पुल नजिक नवलपुर तर्फ आउँदै गरेको बी.आर. ३० ए.जी १६४४ नम्बरको भारतीय मोटरसाइकलमा चेकजाँच गर्दा झोला र कार्टुन भित्र लुकाई राखेको प्रतिबन्धित गाँजा ७ किलो बरामद गरेको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।
Discussion about this post