सिरहा/फागुन १० गते। प्रतिबन्धित लागूऔषध खैरो हिरोईन सहित सिरहाबाट तीनजना पक्राउ परेका छन् ।
प्रकाउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ११ सियापुर बस्ने २२ बर्षीय सुरेन्द्र कुमार महरा सोही नगरपालिका ९ ढोरनाका २२ बर्षीय अरबिन्द्र मण्डल र मिर्चैयाका २३ वर्षीय अनिल मण्डल रहेका छन् । ईलाका प्रहरी कार्यालय माडर सिरहाका प्रहरी बरिष्ट नायव निरिक्षक संजय तामाङको कमाण्डमा खटिएको चेकिङ टोलीले सिरहा नगरपालिका १७ काली चौक स्थित चेकजाँच गर्ने क्रममा खैर हिराेईन सहित उनीहरुलाई नियन्त्रणमा लिएको हाे ।
गोप्य सुचनाको अधारमा प्रदेश २ –०१–००१ प ५९४६ नम्बरको मोटरसाईकलमा सवार रहेको तिन जना लाई रौकी चेकजाँच गर्दा विचमा सवार रहेको सुरेन्द्र कुमार महराले आफ्नौ अण्डरवियर भित्र लुकाई छिपाई राखेको प्लास्टिक सहित ०.६३ ग्राम तौल भएको खैरो हिरोईन जस्तो देखिने लागूऔषध बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।लागूऔषध सहित पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

















Discussion about this post