गिरिजानन्द साह/जनकपुरधाम/फागुन ९ गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको क्वाटरफाइनल खेलमा मोनास्टिक स्कुल र सिद्धार्थ स्कुल विजय भएका छन । पहिलो खेल राष्ट्रिय मा.वि. रुपैठा र मोनास्टिक स्कुल बीच भएको थियो जसमा राष्ट्रिय मा.वि. ले टस जितेर मोनास्टिक स्कुललाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । ब्याटिङ सुरु गरेको मोनास्टिक स्कुलका खेलाडीहरु १५ ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ११५ रनको लक्ष्य दिएको थियो । मोनास्टिक स्कुलको टिमका लागि आर्यन अक्रमले २८ बलमा २९ रन र नितेश यादवले ११ बलमा १७ रनको योगदान दिएको थियो ।
राष्ट्रिय मा.वि. रुपैठाको तर्फबाट लागि बलिङ गरेका नरेश ठाकुरले २ ओभरमा १८ रन खर्चेर २ विकेट र राजेश मण्डलले ३ ओभरमा ३० रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफि ब्याटिङका लागि आएका राष्ट्रिय मा.वि.का ब्याट्म्यनहरु मोनास्टिक स्कुलको बलिङ सामु चल्न सकेन जसले गर्दा १५ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाउन सक्यो र उक्त खेल मोनास्टिक स्कुलले ३७ रनले जित्न सफल भयो। राष्ट्रिय मा.वि.का खेलाडीहरु मध्ये आशिष यादवले ३४ बलमा २२ रन बनाए भने नाजाम खानले १४ बलमा २२ रन बनाए । मोनास्टिक स्कुलको टिमका लागि बलिङ गरेका रोहित महितोले ३ ओभरमा १४ रन खर्चेर ६ विकेट लिन सफल भएको छ भने धिरज दासले पनि ३ ओभरमा १४ रन खर्चेर कुनै सफलता पाउन सकेनन। यस खेलको म्यान अफ दी म्याच मोनास्टिक स्कुलको खेलाडी रोहित महितो भएका थिए।
त्यस्तै दोस्रो खेल सिद्धार्थ स्कुल र संकटमोचन स्कुल बीच भएको थियो जसमा सिद्धार्थ स्कुलले टस जितेर ब्याटिङग रोजेको थियो। ब्याटिङ सुरु गरेको सिद्धार्थ स्कुलका खेलाडीहरु २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १४४ रनको लक्ष्य दिएको थियो । सिद्धार्थ स्कुलको टिमका लागि रादित्य राय १९ बलमा २३ रन र मुकेश यदवले २३ बलमा २३ रनको योगदान दिएको थियो ।संकटमोचन स्कुल तर्फबाट लागि बलिङ गरेका अंकित यादवले ४ ओभरमा १८ रन खर्चेर १ विकेट र अजय मण्डल ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफि ब्याटिङका लागि आएका संकटमोचन स्कुलका खेलाडीहरु २० ओभरमा ६ विकेटको क्षतिमा सजिलै १४२ रन बनाउन सफल भयो तर मात्र १ रन खेलमा हार ब्यहोर्नु पर्यो । उक्त रोमान्चक खेल सिद्धार्थ स्कुलले १ रनले जित्यो। संकटमोचन स्कुलका खेलाडीहरु मध्ये जसमुद्दिन अन्सारीले ४८ बलमा ५६ रन बनाए भने अन्कित यादवले १३ बलमा १५ रन बनाए । सिद्धार्थ स्कुलको टिमको लागि बलिङ गरेका आयुष यादवले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए भने बर्गीश चोरभारले पनि ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच सिद्धार्थ स्कुलका खेलाडी आयुष यादव भएका थिए।प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ। भोलि सेमिफाइनल गोगल प्रसाद मा.वि. vs सिद्धार्थ स्कुल र मदर टेरेसा स्कुल vs मोनास्टिक स्कुल को खेल हुने आयोजकले जानकारी दिएको छ।
Discussion about this post