nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वीरगन्ज : कर्फ्युलाई निरन्तरता दिने सुरक्षा समिति पर्साको निर्णय

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ८, २०८०, ९:४० मध्यान्ह
वीरगन्ज : कर्फ्युलाई निरन्तरता दिने सुरक्षा समिति पर्साको निर्णय

फागुन ८ गते । वीरगन्जमा सोमबारदेखि दुई फरक धर्म–समुदायबिचको द्वन्द्धका कारण तनावग्रस्त बनेको अवस्था साम्य पार्नका लागि यहाँका राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवाहरुले संयुक्त प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

रौतहटमा भएको सरव्ती मूर्ति बिसर्जनका क्रममा भएको विवादको विषयलाई लिएर वीरगन्जमापनि दुई फरक धर्म समुदायबिच झडप हुँदा स्थिती नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सोमबार साँँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार दिउँसो बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले वीरगन्जमा सदियौंदेखि कायम जातजाति,भाषा,धर्म,समुदायबिचको एकतालाई अझ मजबुत बनाउने निर्णय गर्दै वीरगन्जमा दुई फरक धर्म समुदायबिचको द्वन्द्वका कारण उत्पन्न तनावलाई साम्य पार्न सामाजिक एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामुहिक प्रयास गर्ने निर्णयसमेत गरेको छ ।यस्तै बैठकमा वीरगन्जमा रहेका धार्मिकस्थलहरुमा नाराबाजी,जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमतिपनि भएको बैठकमा सहभागी वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी गराए।

यसैगरी खुल्लमखुल्ला रुपमा डिजे बजाउने र चर्काे स्वरमा माइक बजाउने, राँके जुलुश, लाठीभाला सहितको जुलुश निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानुन बमोजिम कबाही प्रशासन समक्ष अनुरोध गर्ने र यसमा सबै दलले सहयोग गर्ने सहमित पनि भएको उनले बताए ।

जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पर्ने किसिमका धार्मिक र सामाजिक सदभाव बिगार्ने एंव द्वन्दलाई उस्काउने प्रकारका अवाञ्छित गतिविधि साथै धार्मिक , सम्प्रदायिक रयाली,जुलुश,बन्द हडताल लगायतका गतिवधि कुनैपनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै दल,नागरिक समाज र संघसंस्थाले सहयोग गर्ने सहमित बैठकमा भएको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शीव लम्सालले बताए ।यस्तै सामाजिक सञ्जालमा कुनैपनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनले कडा कारबाही गर्ने निर्णयपनि भएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठक प्रतिनिधि सभा सदस्य प्रदीप यादव, प्रदेश सरकारका पर्यटन राज्यमन्त्री रहबर अन्सारी,वीरगन्ज महानगरका मेयर राजेशमान सिंह,नेकपा एमालेका जिल्ला संयोजक विश्वम्भर शर्मा,जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेसका नेता नरेन्द्र साह,जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष बालगोपाल थापा,लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा,राप्रपाका पन्नालाल पटेल,पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,उपाध्यक्ष युवराज खड्का लगायतको सहभागीता रहेको थियो।

सर्वदलीय–सर्वपक्षीय बैठकपछि मंगलबारनै साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि जारी कर्पm्युलाई निरन्तरता दिने निर्णय गरेको छ । अवस्था अझै पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकोले जारी कर्फ्युलाई हालका लागि निरन्तरता दिने निर्णय गरिएको बैठकमा सहभागी सहायक प्रजिअ लम्सालले जानकारी दिए ।

यसैबिच कर्फ्यु लगाउँदाका बाबजुदपनि मंगलबारपनि वीरगन्जको अवस्था दिनभर तनावग्रस्त रह्यो ।कर्फ्यु लागेपनि वीरगन्जका ठाँउ ठाँउमा हिन्दुवादीहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।घडिअर्वामा मंगलबार बिहान टायर बालेर प्रदर्शन गरेकाहरुलाई प्रहरीले लखेट्ने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडपपनि भएको थियो । त्यसक्रममा त्यहाँबाट प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा पनि लिएको थियो । मंगलबार वीरगन्जका विभिन्न स्थानबाट कर्फ्यु उल्लंघन गरेको आरोपमा प्रहरीले ३० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । यसअघि सोमबार वीरगन्जको इदगाह चोकमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि ११ जना सुरक्षाकर्मी घाइतेपनि भएका थिए ।

 

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि