गिरिजानन्द साह/जनकपुरधाम/फागुन ७ गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत राष्ट्रिय मा.वि. रुपैठा विजय भएका छन ।
आजको खेल किड्डि कनभेन्ट स्कुल र राष्ट्रिय मा.वि. रुपैठा बीच भएको थियो जसमा राष्ट्रिय मा.वि. ले टस जितेर ब्याटिङ रोजेको थियो । राष्ट्रिय मा.वि. का खेलाडीहरु १८.४ ओभरमा अल आउट हुदै १४४ रन बनाउन सफल भएको थियो। किड्डि कनभेन्ट स्कुललाई जितको लागि १४५ रनको लक्ष्य दिएको थियो । राष्ट्रिय मा.वि. को टिमका लागि आदित्य राउतले २५ बलमा ३५ रन र अनिस मण्डलले १३ बलमा २५ रनको योगदान दिएको थियो ।
किड्डि कनभेन्ट स्कुलको तर्फबाट लागि बलिङ गरेका एमडि जमल राईनले ३.४ ओभरमा १४ रन खर्चेर २ विकेट र रवि शर्माले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफ ब्याटिङका लागि आएका किड्डि कनभेन्ट स्कुलका खेलाडीहरु राष्ट्रिय मा.वि. का खेलाडीहरु १८ ओभरमा अल आउट हुदै ९९ रन मात्रै बनाउन सक्यो। र उक्त खेल राष्ट्रिय मा.वि. ले ४५ रनले जित्न सफल भयो। किड्डि कनभेन्ट स्कुलका खेलाडीहरु मध्ये एम डि जमाल राईनले ३८ बलमा ३७ रन बनाए भने रविश साहले १९ बलमा १२ रन बनाए । राष्ट्रिय मा.वि.को टिमका लागि बलिङ गरेका अनिश मण्डलले चार ओभरमा १९ रन खर्चेर ४ विकेट लिए भने राजेश मण्डलले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दी म्याच राष्ट्रिय मा.वि.को खेलाडी अनिस मण्डल घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी पुर्व मन्त्री शैलेन्द्र साह र मधेस प्रदेश सभा सदस्य मननिय मनिष सुमन द्वारा हस्तान्तरण गरिएको थियो।
प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ। भोलि देखि क्वाटर फाईनलको खेल हुने आयोजकले जानकारी दिएको छ।


















Discussion about this post