महोत्तरी/फागुन ५ गते। महोत्तरीको सम्सी गाउँपालिका-२ पर्षामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ । सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो ।
झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटना स्थलमा अहिले व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले स्थितिलाई नियन्त्रणमा लिएको छ।

















Discussion about this post