फागुन ३ गते। एकजना युवकले आफैँले बोकेको कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका छन् ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका ७ धमौराका ४५ वर्षीय जयप्रकाश साहले कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका हुन् ।
बिहिवार बिहान ९ बजेर ४५ मिनेटमा आफ्नो घरमै रहेको अवस्थामा जयप्रकाशले कटुवा पेस्तोलले आफ्नै छातिमुनी पेटको माथिलो भागमा एक राउण्ड गोली प्रहार गरेका थिए । गोली लागेर अचेत अवस्थामा उनलाई उपचारको लागि भरतपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ओमा प्रकाश खनालले बताए ।
उनले प्रयोग गरेको पेस्तोल प्रहरीले नियनत्रणमा लिएको छ । मृतकको शव पोष्मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको डिएस्पी खनालले बताएका छन । घटनाको कारण बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

















Discussion about this post