सिरहा/फागुन ३ गते। सिरहाको लहानमा एक नाबालिग माथि ललाइ फकाइ बलात्कार भएको घटना बाहिर आएको छ । लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर बलात्कार गरेको घटना बाहिरिएको हो ।
‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश यादवले १५ बर्सिया नाबालिगलाई बलात्कार गरेको सिराहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जनाएका छन । उनका अनुसार लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले नाबालिगमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सिरहा प्रहरीले किशोरी बलात्कार गरेको अरोपमा एक किशोरलाई नियन्त्रणमा लिएको छ। सुखिपुर नगरपालिका २ का मणिराम यादवको छोरा १८ वर्षिय निकेश कुमार यादवले ती किशोरीलाई ललाई फकार करणी गरेको आरोपमा विहिवार विहान घरबाटै पक्राउ गरेको हो। पक्राउ परेका पीडक र पीडित बालिका दुबैजनाको मेडिकल गराएर बाँकी प्रक्रिया आगाडि बढाइएको सिराहा प्रहरी प्रवक्ता पाण्डेको भनाइ छ । पीडक यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको सिराहा प्रहरीको भनाइ छ ।
निकेशले किशोरीलाई लहान १ स्थित अरुणकुमार यादवको डेरामा लगि हिजो बुधबार अपरान्ह ललाफई फकाई जवरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जाकारी गराउनासाथ प्रहरीलाई उजुरी गरेका थिए। प्रहरीले उनजुरीको आधारमा आज विहान निकेशलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। किशोरीको उपचार विराटनगरमा भईरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ। तत्काल एकजनामात्र पक्राउ परेको भएपनि उनीमाथि सामुहिक बतात्कार भएको बताइएको छ।

















Discussion about this post