nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको राजविराज कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १, २०८०, १२:३२ मध्यान्ह
सप्तरीको राजविराज कारागारमा एक कैदीबन्दीको मृ त्यु

सप्तरी/फागुन १ गते। सप्तरीको राजविराज कारागारको शौचालय भित्र झुण्डिएर मृत्यु भएका हनुमाननगर कंकालीनी नगरपालिका ६ का देवेन्द्र मण्डलका आफन्तले उक्त घटना शंकास्पद र रहस्यमय रहेको भन्दै छानबिनको माग गर्दै सोमबार आफन्तले राजविराजमा प्रदर्शन गरेका छन् ।

आइतबार १९ वर्षीय मण्डलको मृत शरीर कारागारको क ब्लकमा रहेको शौचालय भित्र फेला परेको थियो । घाँटीमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको उनको मृत शरीर तत्कालै आवश्यक प्रक्रिया पश्चात पोस्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले घटनास्थलको प्रकृति तथा प्रारम्भिक अनुसन्धानले आत्महत्या नै गरेको देखिएको बताए । यद्यपि पोस्टमार्टम रिपोर्ट आएपछि सो बारे थप विवरण सार्वजनिक गरिने उनको भनाइ छ ।

कारागारका निमित्त जेलर सदानन्द दासले कुनै केटी साथीको विषयलाई लिएर मण्डल केही दिन यता तनावमा रहँदै आएको आफूले कैदी बन्दीहरूबाट सुनेको बताउँदै केटी साथी को हुन् भन्ने बारे आफूलाई कुनै जानकारी नरहेको उनको भनाइ छ । “शौचालय गएका मण्डल निकै बेरसम्म बाहिर ननिस्केपछि ढोका खोल्ने प्रयास भयो, तर भित्रैबाट चुकुल लागेको बुझिएपछि शंका लागेर प्रहरी र मण्डलका आफन्तलाई खबर ग¥यौ जेलर दासले भने, त्यसपछि सबैको उपस्थितिमा ढोका फोडेर हेर्दा मण्डल झुन्डिएको अवस्थामा फेला परे ।”जेलर दासका अनुसार मण्डल गत साउन १३ गते १५ वर्षीय बालिकाको अपहरण तथा बलात्कार गरेको आरोपमा पूर्वपक्षका लागि माघ २१ गतेदेखि राजबिराज कारागारमा थिए ।

यता मृतकका आफन्तले भने प्रेम सम्बन्धम स्वीकार नगरेका केटीका अभिभावकले अपहरण तथा बलात्कारको झुठो आरोप लगाएर फसाएको तथा षडयन्त्र गरेर कारागार भित्र हत्या गराएको दाबी गरेका छन् । मृतकका आमा अनितादेवी मण्डलका अनुसार देबेन्द्रको सोही वडाकी एक केटीसँग प्रेम सम्बन्ध थियो । प्रेम गहिरो भएपछि उनीहरु भागेर प्रेम विवाह समेत गरेका थिए । तर, केटीका अभिभावकले उक्त प्रेम विवाह अस्वीकार गर्दै प्रहरीमा अपहरण तथा बलात्कारको झुठो उजुरी दिई फसाएको उनको भनार्इं छ । छोरा कारागार चलान भएपछि पनि केटी पटक पटक आफू र छोरालाई कारागारमा समेत गई भेटेको–बोलेको उनले सुनाइन् ।

यसबारे केटीका अभिभावकले थाहा पाएपछि आफू र छोरालाई डरत्रास र धम्क्याउन थालेपछि छोरा झन तनावमा परेको उनले सुनाईन् । उमेर नपुगि दुबै जनाले प्रेम विवाह गरेकाले कानुनी व्यवस्थाको निहुँमा केटीका अभिभावकले झुठो उजुरी दिएको परिवारजनको दाबी छ । यसैबीच दुई दिनदेखी स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको मण्डलको शव उनका आफन्तको अनुरोध अनुसार सोमबार साँझ पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Tags: मधेस प्रदेश खबरसप्तरी खबर

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि