माघ २९ गते। महोत्तरीको बर्दिबास नगरपालिका-१ स्थित सडकमा ना.५ ख ५०१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
आइतबार राति दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ-स्वस्तिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थपआवश्यक अनुसन्धान गरिरहेको छ ।














Discussion about this post