श्याम यादव/सप्तरी। बलान-विहुल गाउँपालिकाले आफ्नै नगर स्तरिय प्रहरी गठन गर्ने कार्य सम्पन्न गरेको छ। एक कार्यक्रमको आयोजना गरी बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव ले नगर स्तरीय प्रहरी लाई प्रमाणपत्र दिएका छ्न।
अध्यक्ष खेमचन्द्र यादव ले बलान बिहुल गाउँपालिकालाई डिजिटल पालिका बनाउन २०८० सालको शुभारम्भ देखि नै पालिका लागी परेका छ्न। उहाँकै पहलमा गाउँपालिकाका सुकुम्बासी लाई जग्गाको निसा प्रदान गर्नुभएको छ भने गाउँपालिकाका गर्ववती महिलालाइ पोषणयुक्तअहार प्रदान गर्नु भएको छ ।
मधेश प्रदेशकै नमुना कम्युनिटी फुड बैंकको स्थापना पनि अध्यक्ष यादवको पहलमा भएको छ। साथै वहाँले बलान- बिहुल गाउँपालिकाको लागि दिन-रात मेहनत गर्दै गाउँपालिकाको मुहार फेर्ने कार्यमा लागि परेको छ।

















Discussion about this post